प्रदेश युवा परिषद् ऐनलाई संशोधन गर्न बनेको अध्यादेश प्रमाणिकरण

तु खबर संवाददाता
२०७८ चैत्र २२, मंगलवार १८:११
file-photo

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश युवा परिषद् ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश प्रमाणिकरण गरेका छन् । प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा २०२ को उपधारा (२) बमोजिम प्रदेशसभा सचिवालयबाट संशोधनको लागि आएको प्रदेश युवा परिषद् ऐन २०७६ लाई संशोधन गर्न ल्याइएको अध्यादेशलाई मंगलबार प्रमाणिकरण गरेका हुन् ।

बागमती प्रदेशसभाबाट केही महिनाअघि युवा परिषद् ऐन २०७६ लाई संशोधन गर्न ल्याइएको अध्यादेशलाई प्रदेशसभा बैठकले स्वीकृती प्रदान गरेअनुसार, प्रदेशसभा सचिवालयबाट प्राप्त भई आएकोले संवैधानिक प्रकृया पूरा गरी उक्त अध्यादेशलाई प्रमाणिकरण गरेको प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।