हेटौंडाको आधुनिक माविलाई उत्कृष्ट विद्यालयको प्रमाणपत्र

तु खबर संवाददाता
२०७८ चैत्र २२, मंगलवार १६:३९

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयलाई उत्कृष्ठ विद्यालयको प्रमाणपत्र हस्तान्तरण गरिएको छ । ब्रिटिस काउन्सिलले प्रदान गरेको उत्कृष्ट सामुदायिक विद्यालयको प्रमाणपत्र मंगलबार बिहान एक कार्यक्रमबीच हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले विद्यालयका प्रधानाध्यापक वीरवंश बैठालाई हस्तान्तरण गरेका हुन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्तबहादुर बिश्वकर्माको सभाध्यक्षतामा भएको प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर महतको प्रमुख आतिथ्यता रहेको थियो । मेयर महतले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेर आधुनिक राष्ट्रिय माविले हेटौंडा र विद्यालयको नाम उच्च राख्न सहयोग गरेको बताए ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देल, विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक, विद्यार्थी र अभिभावकहरुको उपस्थिति रहेको थियो ।