हेटौंडा सिमेन्टको महाप्रवन्धकको लागि ३ जनाको नाम मन्त्रिपरिषदमा

तु खबर संवाददाता
२०७८ चैत्र २२, मंगलवार १५:२५
file-photo

मकवानपुर । हेटौंडा सिमेन्टको महाप्रबन्धक छनौट समितिले ३ जनाको नाम मन्त्रिपरिषदमा पठाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको समितिले ३ जनाको नाम मन्त्रिपरिषदमा पठाएको हो ।

समितिले बसन्तकुमार पाण्डे, भरत रेग्मी र भूपेन्द्रप्रसाद अर्यालको नाम पेस भएको मन्त्रालयले जनाएको छ । सरकारले माघ २६ गते प्रतिस्पर्धात्मक रूपमा महाप्रबन्धक छान्नलाई आवेदन आह्वान गरेको थियो । मन्त्रालयमा हेटौंडा सिमेन्टको महाप्रबन्धक बन्नलाई १२ जनाले आवेदन गरेका थिए । ती मध्येबाट छानिएर ३ जनाको सूची मन्त्रीपरिषद्मा पुगेको हो ।