तल्लो थानाभर्याङमा स्ल्याब ढलान
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ स्थित तल्लो थानाभर्याङको दुई छुट्टाछु्टटै स्थानमा स्ल्याब ढलान गरिएको छ । उक्त स्थानमा क्रमशः २८० र ७० मिटर स्ल्याब ढलान गरिएको हो ।
हेटौंडा उपमहानगरपालिका र स्थानीयको लगानीमा स्ल्याब ढलान निर्माण भएको तल्लो थानाभर्याङ टोल विकास संस्थाका अध्यक्ष बोझबहादुर पण्डितले जानकारी दिए । उनका अनुसार, उक्त स्ल्याब ढलान १५ लाख रुपैयाँको बजेटमा निर्माण भएको हो ।
