हेटौंडामा दुग्ध व्यवसाय विस्तार सम्बन्धि अन्तरक्रिया
मकवानपुर । हेटौंडमा सोमबार दुग्ध उत्पादक कृषक व्यापारी तथा सरोकारवालाबीच व्यवसाय विस्तार सम्बन्धि अन्तरक्रिया कार्यक्रम भएको छ । अन्तरक्रिया कार्यक्रम हेटौंडाको कान्तिराजपथस्थित कृषि विकास बैंकको आयोजना तथा क्षिरसागर दुग्ध उत्पादक सहकारी संख्या लिमिटेड हेटौंडा–११ ले सहकार्य भएको हो ।
हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ स्थित थानाभर्याङमा भएको कार्यक्रममा दुधजन्य पदार्थहरुको उत्पादन, बजारीकरण, आइपर्ने समस्या र समाधानको बारेमा छलफल भएको थियो । कार्यक्रम कृषि विकास बैंक हेटौंडा शाखा लोन अधिकृत श्रीकृष्ण पराजुलीले सहजीकरण गरेका थिए ।
उक्त कार्यक्रममा सहरकारीका अध्यक्ष देवकुमार श्रेष्ठ सभाध्यक्षता तथा कृषि विकास बैंकको प्रमुख प्रशासकीय अधिकृत नुरप्रसाद गौतमको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा हेटौंडा–११ का वडाध्यक्ष गोकर्णप्रसाद पराजुलीलगायत ३८ जना कृषक तथा व्यापारीहरुको सहभागिता रहेको थियो ।



