मकवानपुरकी गोले झुण्डिएको अवस्थामा मृत फेला

तु खबर संवाददाता
२०७८ चैत्र २१, सोमबार १५:३२
file photo

मकवानपुर । मकवानपुरको भीमफेदीमा एक जना झुण्डिएको अवस्थामा मृत फेला परेको छ । जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्वर ६ बस्ने २१ वर्षीय सपिता गोले मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक रिमालका अनुसार, गोले आइतबार साँझ आफ्नै घरको दक्षितर्फ रहेको बारीको दुधिलोको रुखमा नाइलनको डोरीको पासो लगाई झुण्डिएको अवस्थमा मृत फेला परेकी हुन् ।