हेटौंडा– ८ का ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार सेवा

तु खबर संवाददाता
२०७८ चैत्र २०, आईतवार ०९:४९

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ का ज्येष्ठ नागरिकलाई निः शुल्क स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्रदान गरिएको छ । वडा कार्यालयको आयोजनामा शनिबार वडा भित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।

हेटौंडा– ८ शहरी स्वास्थ्य केन्द्रमा आयोजित शिबिरमा २०७ जनाले सवा लिएका थिए । जसमध्ये २९ जनाको ईसीजी र १५५ जनालाई ल्याब सम्बन्धी सेवा प्रदान गरिएको जनाइएको छ । शिबिरमा हाड जार्नी तथा नशा मुटु तथा मृगौला, छाला तथा यौन रोग बिशेषज्ञ र जनरल सर्जनद्धारा सेवा प्रदान गरिएको थियो ।

वडाका ज्येष्ठ नागरिक ईन्द्रप्रसाद मैनालीको सभाध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष गोपालबहादुर श्रेष्ठको प्रमुख आतिथ्यता थियो ।