हेटौंडा नगरमा गठबन्धन दलको बैठक, उम्मेदवार छिट्टै टुङ्ग्याउने
मकवानपुर । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि गठबन्धन दल कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी (जसपा) नेतृत्व दलले हेटौंडा उपमहानगरपालिकामा भित्र उम्मेदवार टुङ्ग्याउन छलफल गरेको छ ।
नेपाली कांग्रेस हेटौंडा नगर सभापति उत्सव इटेनीको संयोजकत्वमा बसेको बैठकले बैशाख २२ गतेभित्र उम्मेदवार टुङ्ग्याएर पार्टी नेतृत्वलाई बुझाउने जनाएको छ । बैठकमा नेकपा एकीकृत समाजवादीका हेटौंडा नगर अध्यक्ष ध्रुव भुजेल, माओवादी केन्द्र हेटौंडा नगर अध्यक्ष तिर्थ थापा मगर, जसपाका नेता नवराज मोक्तान लगायतको सहभागिता रहेको थियो । बैठकमा सहभागी सरकार नेतृत्व दलका नेताले गठबन्धनलाई कायम राख्ने प्रतिवद्धता व्यक्त गर्दै विपक्षी उम्मेदवारलाई पराजित गर्न सहमति, सहकार्यलाई जारी राख्ने बताएका छन् ।
