मकवानपुरमा एक जनाको शव फेला

तु खबर संवाददाता
२०७८ चैत्र १९, शनिबार ११:२३
सांकेतिक तस्वीर

मकवानपुर । मकवानपुरमा आज (शनिबार) बिहान एक जनाको शव फेला परेको छ । जिल्लाको बागमती गाउँपालिका वडा नम्वर ८ शान्तिपुर बस्ने ३५ वर्षीय पाल्टेन थोकर आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

थोकर आफ्नै घरबाट अन्दाजी ५० मिटर उत्तर बारीमा रहेको काब्रोको रुखमा नाईलन डोरीको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक रिमालले बताए ।