अनेरास्ववियू मकवानपुर क्याम्पस कमिटीको पूर्ण बैठक सम्पन्न
मकवानपुर । अनेरास्ववियू मकवानपुर बहुमुखी क्याम्पस कमिटीको पहिलो पूर्ण बैठक सम्पन्न भएको छ बैठकले विश्वास पराजुलीको संयोजकत्वमा ४३ सदस्यीय कमिटी गठन गरेको छ ।
बैठकले कमिटीको सह–संयोजकमा दिपेश कार्की, सचिवमा प्रशन्न श्रेष्ठ, सहसचिवमा निशान्त भण्डारी, मनोज घलान र अमृता छत्कुलि र कोषाध्यक्षमा अनिष थिगंलाई चयन गरेको छ ।
कमिटीका संयोजक पराजुलीको सभाध्यक्षता तथा अनेरास्ववियू केन्द्रिय कमिटीका उपमहासचिव किशोर टण्डनको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा अनेरास्ववियू मकवानपुरका सचिव आकाश अधिकारीको आतिथ्यता थियो ।
