मकवानपुरमा शुक्रबार २ जना कोरोना संक्रमित थपिए

मकवानपुर । मकवानपुरमा शुक्रबार २ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । शुक्रबार १५ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा हाल संस्थागत आइसोलेसनमा शून्य र होम आइसोलेसनमा ७ जना कोरोना संक्रमणका बिरामी उपचाररत छन् । यस्तै, मकवानपुरको ३ लाख १८ हजार ५ सय ६५ जनाले कोभिड १९ विरुद्धको पुर्ण खोप लगाएका छन् ।