हृदयघातका कारण वडाध्यक्षको मृत्यु

तु खबर संवाददाता
२०७८ चैत्र १८, शुक्रबार १६:०१
सांकेतिक तस्वीर

सिरहा । सिरहाको गोलबजार नगरपालिका–११ बलकावाका वडा अध्यक्ष रामदेव यादवको मृत्यु भएको छ । ५२ वर्षीय यादवको हृदयघातका कारण आज (शुक्रबार) बिहान मृत्यु भएको नगर प्रमुख देवनाथ साहले जानकारी दिए । मुटुरोगबाट पीडित यादवको बिहान उपचारको क्रममा विराटनगरस्थित नोवेल अस्पतालमा मृत्यु भएको हो ।

गत माघमा काठमाडौंबाट उपचार गरेर आएका वडा अध्यक्ष यादव दुई दिनअघि गाउँकै बजारमा बेहोस भएका थिए । उनलाई थप उपचारको लागि धरान पु¥याइएको गोलबजार नगरपालिकाका कार्यपालिका सदस्य गंगा कुमारीले जानकारी दिए । उनको तीन छोरी र श्रीमती छन् । उनी नेकपा एमालेबाट वडा अध्यक्षमा विजयी भएका थिए ।