कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्रीलाई

तु खबर संवाददाता
२०७८ चैत्र १८, शुक्रबार १५:१७
file-photo

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा निस्किएसँगै कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणले पाएका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यबहाक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री खाँणलाई तोकेकी हुन् ।

राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कामको जिम्मेवारी प्रधानमन्त्री देउवाको सिफारिसमा गृहमन्त्री खाँणलाई दिइएको जनाएको छ । प्रधानमन्त्री देउवा भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा शुक्रबार तीन दिने भारत भ्रमणका लागि प्रस्थान गरिसकेका छन् । प्रधानमन्त्री देउवा आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।