प्रधानमन्त्री देउवा दिल्ली जाँदै
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज दिउँसो भारतको औपचारिक भ्रमणमा जाँदै छन् । प्रधानमन्त्री देउवा ५० सदस्यीय टोलीको नेतृत्व गर्दै भारत भ्रमणमा जान लागेका हुन् । पाँचौ पटक प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो भारत भ्रमण हो ।
प्रधानमन्त्री देउवा आज अपराह्न नेपाली टोलीको नेतृत्व गर्दै तीन दिने भ्रमणका लागि भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नेछन् । भ्रमण टोलीमा चार मन्त्रीसहित ५० सदस्य रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनायो । भ्रमण टोलीमा परराष्ट्र, ऊर्जा, कृषि र स्वास्थ्यमन्त्री लगायत रहने छन् ।
भ्रमणको क्रममा प्रधानमन्त्री देउवाले १९ गते प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । सोही अवसरमा दुवै देशका प्रधानमन्त्रीले जनकपुर जयनगर रेल सेवाको संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम छ ।
