बिहीबार २३ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन शेयर बजार राताम्य भएको छ । बुधबार ४० अंकले बढेर हरियाली छाएको शेयर बजार आज २३ दशलवल ९५ अंकले घट्न पुगेको हो ।
बिहिबार नेप्से परिसूचक शुन्य दशमलव ९३ प्रतिशतले घटेर २५४४ दशमलव ३० विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २२८ कम्पनीको ३७ लाख ८७ हजार ४५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८९ करोड १ लाख ६४ हजार ६८६ रुपैयाँको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज व्यपार समूह बाहेकका सबै समूह राताम्य भएका छन् । आज ट्रेडिङ समूह १८.०२ रुपैयाँले बढेको छ भने सर्वाधिक जीवन बीमा कम्पनीको १७९.६४ रुपैयाँले घट्न पुगेको छ ।



