खेत जोत्ने क्रममा रोटाभेटरमा परेर बालकको मृत्यु

तु खबर संवाददाता
२०७८ चैत्र १७, बिहीबार ०९:१९
file photo

महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिका–८ शिवनगर गाउँमा खेत जोत्ने क्रममा ट्याक्टरको रोटाभेटरमा परेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय कलाम हुसैनका ५ वर्षीय छोरा अकसर अली रहेको प्रहरीले जनाएको छ ।

ट्याक्टर चालक स्थानीय २५ वर्षीय रामबाबु महराले बुधबार साँझ गाउँकै मुस्तकिम अन्सारीको खेतमा अनटेस्ट ट्याक्टरमा रोटाभेटर लगाई बालक अकसरलाई पनि आफूसँगैका सिटमा बसाएर खेत जोत्दै गर्दा अचानक तल झर्दा रोटाभेटरमा परेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनालगत्तै ट्याक्टर चालक महेश फरार भएका छन् भने प्रहरीले उनको खोजतलास व्यापकरुपमा गरिरहेको छ ।