माओवादी केन्द्रबाट वडा सदस्य पदमा उम्मेदवार बनेका कंसाकार कांग्रेसमा प्रवेश

तु खबर संवाददाता
२०७८ चैत्र १६, बुधबार १८:१४

मकवानपुर । अघिल्लो स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ को वडा सदस्य पदमा उम्मेदवार बनेका मधु कंसाकार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले आज उनलाई टीका र खादा लगाएर कांग्रेसमा स्वागत गरेका हुन् ।

कार्यक्रममा नवप्रवेशी कंसाकारले कांग्रेसको विचार, सिद्धान्त र आदर्शबाट प्रभावित भएकोले आफु प्रवेश गरेको बताए । उनले लोकतन्त्र, समाजवाद र राष्ट्रियताको मुद्धा बोकेर जनताको बीचमा रहेको कांग्रेसका गतिविधिलाई सघाउन आफु सदैव तयार रहेको बताए ।

सोही कार्यक्रममा नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत मकवानपुर अधिवेशनबाट निर्वाचित जिल्लाका पदाधिकारी तथा सदस्यहरु तथा महासमिति सदस्यहरुलाई निर्वाचन समितिले प्रमाणपत्र वितरण गरेको थियो । सहायक निर्वाचन अधिकृत कृष्णप्रसाद अर्यालले प्रमाणपत्र वितरण गरेका हुन् । कार्यक्रममा कांग्रेसका सभापति बुद्ध लामा, पूर्व सभापतिहरु माइकल रामचन्द्र अर्याल, रघुरमण न्यौपानेल, गायतको उपस्थिति रहेको थियो ।