स्थानीय निर्वाचन : उम्मेदवारी दर्ता गराउँदा स्वघोषणा गर्नुपर्ने

तु खबर संवाददाता
२०७८ चैत्र १६, बुधबार १६:४४

काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाखमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवारले मनोनयन दर्ता गराउँदा मनोनयन पत्रका साथ १९ बुँदे स्वघोषणा गर्नुपर्ने व्यवस्था गरेको छ । आयोगको बुधबार बसेको बैठकले स्थानीय तहसँग सम्बन्धित कानूनी तथा कार्यविधिगत व्यवस्थालाई व्यवस्थित गर्न स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ जारी गर्दै त्यस्तो व्यवस्था गरेको हो ।

आयोगले नेपालको संविधान तथा निर्वाचन सम्बन्धी प्रचलित कानूनी व्यवस्था समेतको आधारमा स्थानीय तह निर्वाचनमा उम्मेदवार हुने प्रचलित कानून बमोजिम योग्यता पुगेको कुनै पनि व्यक्तिले मनोनयन दर्ता गर्दा स्वघोषणा गर्नुपर्ने व्यवस्था गरेको हो ।

आफूले गरेको स्वघोषणा प्रति उम्मेदवार स्वयं जिम्मेवार हुनुपर्ने छ । मनोनयन पत्रका साथ पेश गर्नुपर्ने स्वघोषणा पत्रमा यी १९ बुँदा समेटिएको छ ।

हेर्नुहोस् स्वघोषणा पत्र ।