बागमतीमा लाइसेन्सका लागि २ लाखभन्दा बढीको आवेदन

तु खबर संवाददाता
२०७८ चैत्र १५, मंगलवार ०९:२७

मकवानपुर । बागमती प्रदेशमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि २ लाख १५ हजार ६ सय जनाले अनलाईन फारम भरेको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालयमा सोमबार भएको पत्रकार सम्मेलनमा मन्त्री घनश्याम दाहालले सो कुराबारे जानकारी गराएका हुन् ।

उनले अहिले २ लाख १५ हजार ६ सय जनाले लाइसेन्सका लागि आवेदन दिएको र अहिलेकै गतिमा प्रक्रिया अघि बढाउने हो भने सन् २०२४ मा मात्रै उनीहरुको पालो आईपुग्ने बताए । उनले लाइसेन्स प्रिन्ट गर्ने अधिकार प्रदेशसंग नरहेकोले त्यसबारे आफुहरुले जवाफ दिन नसक्ने बताउँदै लाइसेन्सका लागि आवेदन दिएकाहरुको पालो चाँडै आउने व्यवस्था मिलाउन मन्त्रालयले काम थालिसकेको बताए ।

मन्त्री दाहालले चालु आर्थिक बर्षमा यातायात क्षेत्रबाट १० अर्ब ८५ करोड रुपैंया राजस्व संकलनको लक्ष्य राखिएकोमा दोस्रो चौमासिकसम्ममा ७ अर्ब १२ करोड ७३ लाख ४७ हजार ७ सय रुपैंया संकलन भएको बताए ।