वीरगंजबाट पक्राउ परे हेटौंडाका तामाङ

तु खबर संवाददाता
२०७८ चैत्र १४, सोमबार १८:३६
सांकेतिक तस्बिर

मकवानपुर । चेकसहितको पर्स चोरी गर्ने हेटौंडाका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंंडा उपमहानगरपालिका वडा नमवर १२ पदमपोखरी बस्ने ३३ वर्षीय मनोज तामाङ रहेका छन् । उनलाई शनिबार बीरगञ्ज महानगरपालिका वडा नम्वर १५ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, तामाङले वीरगञ्ज महानगरपालिका वडा नं. १५ स्थित बसपार्कमा भक्तपुर नगरपालिका वडा नं. ८ बस्ने ३४ वर्षीया सञ्जू महर्जनको पर्स चोरी गरेका थिए । महर्जन आफ्नो भाइको विवाहमा सरिक हुन पर्सा आएकी थिइन् । तामाङले पर्सभित्र हस्ताक्षर भएको चेकबाट दुई लाख रकम झिकेर सुनको तिलहरी र दराज खरिद गरेको र आफ्नो खातामा ४९ हजार जम्मा गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पक्राउ परेका तामाङमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।