२६५ किलो गाँजासहित ५ जना मकवानपुर प्रहरीको फन्दामा
मकवानपुर । मकवानपुर प्रहरीले जिल्लाको दुई छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ चौकीटोल र मनहरी गाउँपालिका वडा नम्वर ६ लोथर खोलाबाट २ सय ६५ किलो लागूऔषध गाँजासहित ५ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा हेटौडा उपमहानगरपालिका–१३ पदमपोखरी बस्ने २८ वर्षीय अरबिन्द नेपाली, धादिङ रोराङ्ग–२ बस्ने ३० वर्षीय मानबहादुर चेपाङ्ग, ३९ वर्षीय सन्तबहादुर चेपाङ्ग, मनहरी–३ बस्ने ५३ वर्षीय बुद्धीबहादुर थिङ्ग र चितवन राप्ती नगरपालिका–११ बस्ने ५५ वर्षीय सञ्चबहादुर थिङ्ग रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
आइतबार राति विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी चौकीटोल मकवानपुरबाट खटिएको प्रहरी टोलीले भैसेबाट हेटौंडातर्फ आउदै गरेको प्रदेश ३–०१–०२३ च ५६४० नम्वरको पिकअप गाडि हेटौंडा–१ मा रोकी चेकजाँच गर्ने क्रममा लुकाईछिपाइ ल्याएको १ सय ६५ किलो गाँजा बरामद भएपछि गाडी चालक हेटौंडाका नेपालीलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक रिमालले बताए ।
यस्तै, आइतबार राति २ः४५ बजेको समयमा विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा मनहरी–६ स्थित लोथर खोलाबाट शंकास्पद रुपमा पिढ्युमा भारी बोकी आइरहेका ४ जनालाई रोकी चेकजाँच गर्दा एक सय किलो गाँजा बरामद भएपछि निजहरुलाई पक्राउ गरेको प्रहरी निरीक्षक रिमालले बताए । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानुनी प्रकृया अगाडि बढाइएको जनाइएको छ ।
