हेटौंडा–६ मा कांग्रेसको टोल समिति गठन
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ मा नेपाली कांग्रेसले टोल कमिटी गठन गरेको छ । कांग्रेसले आइतबार रामफुल बलामीको अध्यक्षतामा टोल समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा यमलाल अधिकारी, सचिवमा अरुण ढकाल, कोषाध्यक्षमा गोपालप्रसाद चौलागाईं, सहसचिवमा राजेन्द्र कुमार नगरकोटी चयन भएका छन् ।
यसैगरी, सदस्यहरुमा श्यामसुन्दर नगरकोटी, विष्णुबहादुर बलामी, प्रकाश पौडेल, हरिप्रसाद पौडेल, गौरव सापकोटा, नवीन भट्टराई, टीकाराम दुलाल, भरत चौलागाईं रहेका छन् । सल्लाहकारहरुमा कृष्णप्रसाद पौडेल, रिपु गौतम, केदार रेग्मी चयन भएका छन् ।
कांग्रेस हेटौंडा–६ वडा सभापति रामहरी तिमल्सिनाको अध्यक्षता तथा जिल्ला प्रतिनिधि गोपीलाल विकको प्रमुख आतिथ्यतामा कमिटी गठन गरिएको हो । कार्यक्रममा वडाका निवर्तमान सभापति गोपालप्रसाद दुलाल, वडा सचिव कृष्णप्रसाद दुलाल, सहसचिव रामजी घिमिरे, नगर सदस्य माधव शर्मा न्यौपाने, क्षेत्रीय प्रतिनिधिहरु कृष्णप्रसाद पौडेल, विष्णुबहादुर दाहाल, धुव्रप्रसाद अधिकारी, गायत्री घिमिरे, कांग्रेस हेटौंडा– ६ नम्वर किसान संघ अध्यक्ष बलभद्र खतिवडा, ६ नम्वर तरुण उपाध्यक्ष रत्नबहादुर खड्का लगायतको उपस्थिती रहेको थियो ।
