४१ अंकले घट्यो नेप्से परिसूचक

तु खबर संवाददाता
२०७८ चैत्र १३, आईतवार १५:५०

काठमाडौं । आज साताको पहिलो दिन आइतबार शेयर बजारमा उच्च गिरावट आएको छ । आज नेप्से परिसूचक ४१ दशमलव ४३ अंक अर्थात् १ दशमलव ५९ प्रतिशतले घटेर २ हजार ५७२ दशमलव २३ विन्दुमा पुगेको छ । अघिल्लो साताको अन्तिम दिन नेप्से परिसूचक १६ दशमलव ६९ अंकले घटेर २ हजार ६१३ दशमलव ६७ विन्दुमा कायम भएको थियो ।

आज नेप्सेमा सूचीकृत २३२ कम्पनीको ८९ लाख २३ हजार १४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९८ लाख ९५ हजार १४ हजार ४१५ रुपैैयाँको कारोबार भएको छ । यसअघि गत साताको बिहीबार नेप्सेमा सूचीकृत २२४ कम्पनीको ५२ लाख ९८ हजार ५४३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २४ करोड ८९ लाख ४३ हजार ८२४ रुपैयाँको कारोबार भएको थियो ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज निर्जीबन बीमा समूहमा मात्रै हरियाली छाएको छ । नेप्सेमा सूचीकृत २२४ कम्पनीको ५२ लाख ९८ हजार ५४३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २४ करोड ८९ लाख ४३ हजार ८२४ रुपैयाँको कारोबार भएको छ । यस्तै आज सर्वाधिक घट्ने समूहमा उत्पादन तथा प्रशोधन समूह र विकास बैंक समूह रहेका छन् । यी दुई समूहको १४५ रुपैयाँले घट्न पुगेको हो ।