झडपमा परेर सांसद प्रमोद साह घाइते

तु खबर संवाददाता
२०७८ चैत्र १२, शनिबार १६:५२

जनकपुरधाम । सडकको विषयलाई लिएर सर्लाहीको ईश्वरपुर नगरपालिकाका भएको झडपमा प्रतिनिधिसभा सदस्य प्रमोद साह घाइते भएका छन् । नगरपालिकाको वडा नम्वर ६ बयलबास बजारमा शनिबार सडकको विषयमा विवाद भएर दुई पक्षबीच झडप हुँदा संसद साह घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रहरी अनुसार, घाइते सांसदको टाउकोमा चोट लागेको छ । उनलाई उपचारका लागि काठमाडौं पठाइएको छ । बयलबास बजारमा सडक विस्तार गर्ने क्रममा केही दिनअघि फुलजोर युवा क्लबको भवन भत्काइएको थियो ।

स्थानीय युवाले क्लबको भवन सोही ठाउँमा बनाउनुपर्ने भनिरहँदा सांसद साहले अर्को ठाउँमा बनाउनुपर्ने बताएपछि दुई पक्षबीच विवाद भएको हो । सोही विवादका क्रममा झडप भएको प्रहरीको भनाइ छ । उक्त घटनाको विषयमा अनुसन्धान भइरहेको जनाइएको छ ।