एमालेले ल्यायो चुनाव लक्षित मोबाइल एप

तु खबर संवाददाता
२०७८ चैत्र १२, शनिबार १०:१५

काठमाडौं । नेकपा एमालेले आगामी बैशाखमा स्थानीय चुनावलाई लक्षित गर्दै मोबाइल एप ल्याएको छ । राजधानीस्थित कार्की बैङ्क्वेटमा जारी केन्द्रिय समिति बैठकमा यस्तो एप सार्वजनिक गरिएको हो ।

असोजमा ललितपुरको गोदावरीमा सम्पन्न पार्टीको विधान सम्मेलनका क्रममा सार्वजनिक गरिएको सीपीएन यूएमएल (नेकपा एमाले) मोबाइल एपलाई नै अहिले चुनाव लक्षित गरिएको हो । एपमा एमालेको दस्तावेज, पार्टी सदस्यता विवरण, सरकारमा हुँदा पार्टीले गरेका विभिन्न कामहरू, विभिन्न सूचना तथा जानकारी आदी जस्ता विवरण राखिएको छ ।