हेटौंडा–१३ मा कांग्रेसको टोल समिति गठन तथा स्ल्याप बाटोको शिलान्यास
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ मजुवामा नेपाली कांग्रेसको टोल समिति गठन भएको छ । “घरघर जाऔं, कांग्रेस जिताऔं” अभियान अन्तरगत कांग्रेसले हेटौंडा १३ मा टोल समिति गठन तथा स्ल्याप बाटोको शिलान्यास गरेको हो ।कांग्रेस हेटौंडा–१३ को आयोजनामा भएको कार्यक्रमबाट मानबहादुर मोक्तानको संयोजकत्वमा ३१ सदस्यीय मजुवा टोल समिति गठन गरेको हो ।
कांग्रेस हेटौंडा–१३ का सभापति आईमान लामाको सभाध्यक्षता तथा बागमती प्रदेश सभापति एवम् कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा बुधबार टोल समिति गठन तथा स्ल्याप बाटोको शिलान्यास गरिएको हो ।

कार्यक्रममा बोल्दै सभापति बानियाँले कांग्रेसले जनताको सुख, दुःखमा साथ दिने बताउँदै आउँदै गरेको स्थानीय तहको निर्वाचनमा कांग्रेसको पक्षमा मतदान गर्न आम मतदाताको घरमा गएर कम्युनिष्टले गरेको भ्रष्टाचार र झुटको खेतिको बारेमा जनतालाई बताउन निर्देशन दिए । कार्यक्रममा युवा व्यवसायी सुन्दर घलान नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

त्यस्तै, आज बिहान कांग्रेस प्रदेश कार्यालयमा हेटौंडा–११ नवलपुरका एमालेका संगठित सदस्य विरबहादुर विक कांग्रेसमा प्रवेश गरेका छन् । विकलाई प्रदेश सभापति बानियाँले कांग्रेसको सदस्यता दिएर पार्टीमा स्वागत गरेका थिए ।

कार्यक्रममा बागमती प्रदेश सदस्य चम्फुरत्न लामा, जिल्ला सदस्य शर्मिला श्रेष्ठ, हेटौंडा उपमहानगर सभापति उत्सव ईटेनी, लक्ष्मी थिङ्गलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
