हेटौंडामा एक जनाको शव फेला

तु खबर संवाददाता
२०७८ चैत्र ९, बुधबार १७:१५
सांकेतिक तस्वीर

मकवानपुर । मकवानपुरको हेटौंडामा आज (बुधबार) बिहान एक जनाको शव फेला परेको छ । बिहान हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ स्थित चिसापानी लक्ष्मीनारायण मन्दिर नजिकै एक जना पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उक्त शव स्थानीय राजेश घिमिरेको घरमा डेरा गरी बस्ने देश भारत बिहार लाईन सुगौली घर भएका अन्दाजी ५० वर्षीय भुटी मियाको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक रिमालका अनुसार, उनी आफ्नै डेरा गरी बसेको ढोका बाहिर घोप्टो परेको अवस्थामा मृत फेला परेका थिए । उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाइएको जनाइएको छ ।