एमालेको सक्रिय नेता रञ्जु ठाकुर जसपामा प्रवेश
सप्तरी । नेकपा एमालेमा सक्रिय रहेकी नेता रञ्जु ठाकुर जनता समाजवादी (जसपा) मा प्रवेश गरेकी छन् । नेता ठाकुर जसपाले बुधबार राजविराजमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पार्टी प्रवेश गरेका हुन् ।
यसअघि एमालेको समानुपातिक कोटाबाट संविधानसभा सदस्य भएकी उनी त्यही बेला महिला, बालबालिका, ज्येष्ठ नागरिक समितिका सभापति समेत भएकी थिइन् । सो अवसरमा सप्तरी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अरुण प्रधानसहितका पनि जसपा प्रवेश गरेका छन् । उनीहरुलाई जसपा अध्यक्ष उपेन्द्र यादव र रेणु यादवले पार्टीमा स्वागत गरेका हुन् ।
