मनहरी–१ को सहकारीलाई एम्बुलेन्स सहयोग

तु खबर संवाददाता
२०७८ चैत्र ९, बुधबार ०९:२२

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर १ स्थित श्री शान्ति स्वबलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेड चकरीलाई एम्बुलेन्स सहयोग गरिएको छ । माधबराज सुमार्गी ट्रष्टले मंगलबार एक कार्यक्रमबीच सहकारीलाई उक्त एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

एम्बुलेन्स सेवाबाट उपचारको लागि अस्पतालसम्म पुग्न असुविधा रहेको गुनासो आएपछि माधबराज सुमार्गी स्मृती कोषका अध्यक्ष अजेयराज सुमार्गीले सहकारीलाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा माधबराज सुमार्गी ट्रष्टका संरक्षक विश्वकान्ति कलावती, समाजसेवी एवम् व्यवसायी अस्मिता सुमार्गी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य अरुणराज सुमार्गी, अंकिता सुमार्गी, वरिष्ठ साहित्यकार राधेश्याम लेकाली, नेपाली कँंग्रेस मकवानपुरका पुर्व सभापति माईकल रामचन्द्र अर्याल, नेपाल निर्माण व्यवसायी महासंघका पुर्वध्यक्ष एवम् कँंग्रेस नेता जयराम लामिछानलगायतको सहभागिता थियो ।