मकवानपुरमा रुखको हाँगाले थिचेर मृत्यु भएका पुरुषको पहिचान खुल्यो
मकवानपुर । मकवानपुरको मनहरी गाउँपािलका वडा नम्वर ६ रुपातालमा मंगलबार रुखको हाँगाले थिचेर मृत्यु भएका पुरुषको पहिचान खुलेको छ । मृत्यु हुनेमा स्थानीय ५२ वर्षीय बुद्धिमान घलान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
मंगलबार दिउँसो चलेको हावाहुरीका कारण पैदल हिँडिरहेका उनको रुखको हाँगाले थिचेर घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक रिमालले बताए । उनका अनुसार, घलानको शव पोष्टमार्टमको लागि गएराति नै हेटौंडा अस्पताल ल्याइएको छ ।
