आइतबार दोहोरो अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । गत साताको शुक्रबार १९ अंकले घटेर बन्द भएको शेयर बजार आज १४ दशमलव ६७ अंकले घटेर २ हजार ६१६ दशमलव ५८ विन्दुमा कायम भएको छ ।
नेप्सेमा सूचीकृत ४२ लाख ८७ हजार ५६९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २७ करोड ४६ लाख २६ हजार १९० रुपैयाँको कारोबार भएको छ । आज नेप्सेमा रहेका १३ उपसूचकमध्ये लगानी समूह बाहेकका सबै सूचक राताम्य भएका छन् । आज लगानी समूहमा १.४४ रुपैयाँ बृद्धि भएर हरियाली छाएको छ भने सर्वाधिक जीवन बीमा समूहको १९७ रुपैयाँ घटेको छ ।



