हेटौंडा–८ का ५५ जना कांग्रेसमा प्रवेश

तु खबर संवाददाता
२०७८ चैत्र ५, शनिबार १५:२४

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ कमाने देवनगरका ५५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । शनिबार कांग्रेस हेटौंडा–८ देवनगर टोल समितिद्वारा आयोजित वनभोज कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ५५ जना कांग्रेसमा प्रवेश गरेका हुन् ।

नवप्रवेसीलाई कांग्रेस मकवानपुरले हेटौंडा–८ का लागि पठाएका वडा प्रतिनिधि प्रदिप कोइराला तथा नेपाली कांग्रेस मकवानपुरका नेता आनन्दराम पराजुलीले टिका र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।

कांग्रेस देवनगर टोल समितिका अध्यक्ष बुद्धीलाला देउलाको सभाध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस मकवानपुर जिल्ला सदस्य विरोध गुरुङ, कांग्रेस हेटौंडा नगर उपसभापति रामकृष्ण कोइराला, कांग्रेस हेटौंडा–८ का सभापति भूपेन्द्र कोइराला, तरुण दल हेटौंडा नगर सभापति सुनिल गिरीलगायतको उपस्थिति रहेको थियो ।