हेटौंडामा ३ दिने नेतृत्व विकास तालिम सुरु
मकवानपुर । हेटौंडामा ३ दिने नेतृत्व विकास तालिम सुरु भएको छ । तालिम युवा परिसद् मकवानपुरको आयोजनामा शुक्रबारबाट सुरु भएको हो । उक्त तालिम बागमती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणि पौडेलले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् ।
तालिममा हेटौंंडा उपमहानगरपालिकाका १९ वटै वडाका वडा स्तरीय युवा क्लबका ६० जना पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको छ । कार्यक्रममा बागमती प्रदेशको पुर्व सामाजिक विकास मन्त्री जुनेली माया श्रेष्ठ, हेटौंडा उपमहानगरपालिका– ४, ३, ७, १० नम्वरका वडाध्यक्ष तथा वडा स्तरीय यृवा क्लबका अध्यक्ष्य, सचिव, कोषाध्यक्षको उपस्थित रहेको थियो ।
कार्यक्रम जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष्य शिवहरी दाहालको सभाध्यक्षतामा भएको हो । तालिम यही चैत्र ६ गतेसम्म संंचालन हुनेछ ।
