नेपाल विवेकशील मकवानपुरको अध्यक्षमा विष्ट

तु खबर संवाददाता
२०७८ चैत्र ४, शुक्रबार १२:१३

मकवानपुर । नेपाल विवेकशील मकवानपुरको अध्यक्षमा नवीन विष्ट चयन भएका छन् । पार्टीको बुधबार हेटौंडामा भएको जिल्ला भेलाले विष्टको संयोजकत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गरेको हो ।

यस्तै, समितिको उपाध्यक्षमा निशा हुमागाई, सचिवमा सृष्टि विश्वकर्मा, कोषाध्यक्षमा मिलन ढकाल चयन भएका छन् । यसैगरी, सदस्यहरुमा क्रमशः गोपाल घिमिरे, निररमण रूपाखेती, संगिता थापा, सोनिया मुक्तान, गौरी दोङ, केदार पन्त, शिवदेव भण्डारी, बाबु सिङ्तान, शर्मिला घले, उत्सव लामिछाने, मन्जु भण्डारी, अरुणा अधिकारी, ईश्वर अधिकारी, राजन न्यौपाने, किरण मग्राती, सागर खड्का र मिथिला लामिछाने रहेका छन् ।

भेला नेपाल विवेकशील पार्टी बागमती प्रदेश समिति सदस्य नवीन तिमल्सिनाको अध्यक्षता तथा नेपाल विवेकशील पार्टी संघीय समिति सदस्य एव् संगठन विभाग सदस्य कृष्णदेव भण्डारीको प्रमुख आतिथ्यतामा भएको हो ।