मकवानपुर प्रहरीद्वारा लागूऔषध र मोटरसाइकल बरामद

तु खबर संवाददाता
२०७८ चैत्र २, बुधबार १७:२४

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध र मोटरसाइकल बरामद गरेको छ । प्रहरीले बुधबार दिउँसो कैलाश गाउँपालिका वडा नम्वर ७ रतुवास्थित भित्री ग्रामीण सडकखण्डबाट लागूऔषध अफिम र मोटसाइकल बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उक्त लागूऔषध विशेष सूचानको आधारमा ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले बरामद गरेको मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए ।

उनका अनुसार, बुधबार तामलाङबाट मनहरीतर्फ आउँदै गरेको अन्टेष्ट २२० सीसीको पल्सर मोटरसाईकललाई उक्त सडकखण्डमा रोक्न खोज्दा मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले प्रहरीलाई देखेर मोटरसाइकल र झोला छाडेर भागेको थिए । उक्त झोला चेकजाँच गर्दा सो परिमाणको अफिम बरादम भएको हो ।

साथै प्रहरीले झोलाबाट नगद एक लाख रुपैयाँ पनि बरामद गरेको छ । उक्त अफिम, मोटरसाइकललाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही अगाडी बढाईएको र पहिचान नखुलेका फरार व्यक्तिहरुको खोजतलास कार्य भईरहेको प्रहरी निरीक्षक सापकोटाले बताए ।