हेटौंडामा प्रदेश कृषिगणना कार्यालयको स्थापना
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ थानाभर्याङमा प्रदेश कृषिगणना कार्यालयको स्थापना गरिएको छ । नेपाल सरकार राष्ट्रिय कृषिगणना–२०७८ का लागि केन्द्रीय तथ्यांक विभागले मंगलबार हेटौंडामा उक्त कार्यालयको स्थापना गरेको हो ।
कार्यालयले कृषि संरचना, कृषि गतिविधि तथा कृषि उत्पादन सम्बन्धी विवरण संकलन गरिने प्रदेश कृषिगणना अधिकृत राजेश दासले जानकारी दिए । उनका अनुसार, ७ औं राष्ट्रिय कृषिगणना २०७८ को तथ्याङ संकलन आगामी बैशाख ६ देखि जेठ १९ गतेसम्म संचालन हुनेछ ।
कृषिगणनामा सुचिकरण, मुख्य प्रश्नवली र सामुदायीक प्रश्नावली गरी गणना गरिने छ । त्यसको लागि ६ हजार जना गणक, १ हजार ५ सय जना सुपरिवेक्षक, ७ जना प्रदेश कृषिगणना अधिकृत, ७० जना जिल्ला कृषिगणना अधिकृत, ७७ जना सहायक कृषिगणना अधिकृत एवम् अन्य कर्मचारीहरुसमेत गरी ८ हजार जना कार्मचारीहरु प्रत्यक्ष रुपमा संलग्न रहने उनले बताए ।
