विश्व उपभोक्ता दिवसको अवसरमा अनुशिक्षण कार्यक्रम

तु खबर संवाददाता
२०७८ चैत्र २, बुधबार ०९:२०

मकवानपुर । विश्व उपभोक्ता दिवसको अवसरमा हेटौंडामा एक दिने उपभोक्ता सचेतना तथा अनुशिक्षण कार्यक्रम भएको छ । हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा उपभोक्ता हित संरक्षण मञ्चको सहकार्यमा उक्त कार्यक्रम भएको हो ।

कार्यक्रममा मुल्यवृद्धिको विषयमा तीव्र अनुगमन गर्नुपर्ने, कानुन कार्यान्वयनमा जोड दिनुपर्ने विषयमा छलफल गरिएको थियो । हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा मञ्चका अध्यक्ष बासुदेव खतिवडा, अजय अधिकारी लगायत उपभोक्ता अधिकारकर्मीहरुको सहभागिता रहेको थियो ।