कांग्रेसको अभियानलाई जनताको घरघरमा लिएर जाऔं : नेता बानियाँ
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापति एवम् प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले कांग्रेस कार्यकर्ताहरुलाई सम्पूर्ण जनताको घर घरमा गएर नेपाली कांग्रेसको ‘घर घरमा जाऔं, कांग्रेस जिताऔं’ अभियानको बारेमा जानकारी गराउँन आग्रह गरेका छन् ।
नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ समितिको आयोजनामा मंगलबार भएको लामसुरे टोल विकास समिति गठन तथा पार्टी प्रवेश कार्यक्रमा बोल्दै सभापति बानियाँले जनताका घर घरमा जाँदा कांग्रेसले आजसम्म गरेका राम्रा काम र भोलीका दिनमा गर्ने कामका बारेमा जानकारी लिएर जान अग्रह गरेका हुन् ।
उनले कम्युनिष्टहरुको जस्तो झुटा आश्वसन र भ्रम नभई जनताका वास्तविक पिर र मर्का समाधान गर्ने अभियान लिएर जानुपर्ने बताए । सभापति बानियाँले कम्युनिष्टहरुले एमसीसीको बारेमा भ्रम छरेको भन्दै देशमा व्याप्त रहेको गरिबी, अशिक्षा, भोक र रोगको अन्त्यका लागि एमसीसी अनुमादोन गरेको जनतालाई बुझाउन कार्यकर्ताहरुलाई आग्रह गरे ।

९ नम्वर वडा समितिका सभापति बिन्दु लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ४७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई बागमती प्रदेशका सभापति एवम् कार्यक्रमका प्रमुख अतिथि बानियाँले सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका थिए ।
यस्तै, उक्त अवसरमा पुष्पनाथ नेपालको अध्यक्षतामा टोल समिति समेत गठन गरिएको छ । समितिको उपाध्यक्षमा अग्नि सुबेदी, सचिव नविन रेग्मी, कोषाध्यक्ष माधव रेग्मी तथा सदस्यमा बुद्ध लामा, दिपेश अर्याल र अजय ढुंगानालगायत रहेको तरुणदलका नेता सुमन अर्यालले जानकारी दिए ।
वडा समितिका सचिव प्रदिप पराजुलीले सहजीकरण गरेको कार्यक्रममा नेपाली कांग्रेसका पूर्व सभापति माइकल रामचन्द्र अर्याल, मकवानपुरका जिल्ला सदस्य आनन्दराम पराजुली, संगीता सिग्देल, प्रतिनिधिसभा क्षेत्र नम्बर १ प्रदेश (ख) का सभापति राजेश बानियाँ, संघीय सचिव दोर्जे लामा स्याङतान, प्रदेश सचिव गोकर्ण सुबेदी, नगरसभापति उत्सव इटेनी, तरुणदल ९ नम्वर वडा अध्यक्ष हिस्की राना मगरलगायत कांग्रेसका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

