राक्सिराङका १३ जना विपन्न चेपाङको आँखाको उपचार

तु खबर संवाददाता
२०७८ चैत्र १, मंगलवार ०९:२५

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाका १३ जना विपन्न चेपाङको आँखाको उपचार भएको छ । गाउँपालिकाको पहलमा राक्सिराङ–७ का उनीहरुको मोतियाबिन्दुको शल्यक्रिया गरिएको हो ।

एक वर्ष अघि गाउँमै राक्सिराङ गाउँपालिकाको संयोजनमा स्वास्थ्य शिविर सञ्चालन हुँदा ९८ जनाको आँखा परीक्षण गरिएको थियो । तीमध्ये मोतियाबिन्दु भएका १३ जनाको मोतियाबिन्दु उपचार गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।

उनीहरुलाई गाउँपालिकाले हेटौंडा सामुदायीक आँखा अस्पतालसम्म ल्याउने, बस्ने र लैजाने ब्यवस्था गरेर आँखाको उपचार गरिदिएको अध्यक्ष मल्लले बताए । आँखाको उपचार गरी घर फर्नन लागेका उनीहरुलाई गाउँपालिका अध्यक्ष मल्ल, प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौला, राक्सिराङ स्वास्थ्य शाखा प्रमुख बिजय कपारीले सामुदायी आँखा अस्पताल पुगेर फलफूल बितरण गरेका थिए । मोतियाबिन्दुको उपचारपछि आँखाको ज्योती पाएका उनीहरु खुशी भएका छन् ।