मकवानपुर प्रहरीद्वारा अफिम खेती फडानी
मकवानपुर । मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकाका विभिन्न स्थानमा लगाइएको लागूऔषध अफिम खेती फडानी गरी नष्ट गरिएको छ । प्रहरीले अफिम खेती नष्ट गर्ने अभियानअन्तर्गत राक्सिराङ गाउँपालिका वडा नम्वर ४ को मान्छामुन्टी, जैसिङटार, मानछाप, छापडाँडा र वडा नम्वर ५ को बमकिङ, लाफरको २८ बिगाहमा लगाइएको अफिम खेती फडानी गरेको हो ।
उक्त परिमाणको अफिम प्रहरी प्रधान कार्यालय लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौं, बागमती प्रदेश प्रहरी गणरातोमाटे र जिल्ला प्रहरी कार्यालय मकवानपुर, मातहत कार्याबाट संयुक्त रुपमा प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठको कमाण्डमा खटिएको ६३ जनाको प्रहरी टोलिले फडानी गरी नष्ट गरेको मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए ।

यस्तै, ईलाका प्रहरी कार्यालय फापरबारीबाट प्रहरी निरीक्षक कमल कुमार लुङगेलीको कमाण्डमा खटिएको १२ जनाको प्रहरी टोलिले जिल्लाको कैलाश गाउँपालिका वडा नम्वर ६ ज्यामिरे, मोरङगेढाप लगायतको वडा एरियामा लगाएको ११ बिगाह अफिम खेती फडानी गरी नष्ट गरेको प्रहरी निरीक्षक सापकोटाले बताए ।

