एक दिवसीय वन डढेलो सम्बन्धी तालिम
मकवानपुर । हेटौंडाको हटियामा रहेको चुरेकालीलेक सामुदायिक वनमा एक दिवसीय वन डढेलो नियन्त्रण सम्बन्धी तालिम सम्पन्न भएको छ । उक्त तालिम सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरको आयोजना र हेटौंडा उपमहानगरपालिकाको सहयोगमा भएको हो ।
सुख्खा याममा लाग्ने वन डेढेलोलाई कसरी नियन्त्रण गर्न सकिन्छ र वन डढेलो लाग्दा हुने क्षति र न्यूनिकरणका विषयमा जानकारी दिने उद्देश्यले तालिमको आयोजना गरिएको तालिममा २५ जना उपभोक्ताहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाईको प्रमुख आतिथ्यता एवम् स्थानीय महासंघ, हेटौंडाका अध्यक्ष शम्भुप्रसाद न्यौपानेको सभाध्यक्षतामा भएको हो ।
कार्यक्रममा हेटौडा–१७ का वडा अध्यक्ष भैरबबहादुर राई, सव डिभिजन वन कार्यालय, हर्नामाडीका प्रमुख दीपक पुडासैनी, चुरेकालीलेक सामुदायिक वनका अध्यक्ष सीताराम न्यौपानेलगायतको सहभागीता रहेको थियो ।
