मकवानपुरका दुई जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको भीमफेदी गाउँपालिका वठा नम्वर २ स्थित भैसेबाट २ किलो २०० ग्राम लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
शुक्रबार प्रहरी चौकी भैंसबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा चेकजाँच गर्ने क्रममा कैलाश गाउँपालिका वडा नम्वर ४ बस्ने १९ वर्षीय अमृत मोक्तान र नाम परिवर्तीतले लुकाई छिपाई ल्याएको सो परिमाणको गाँजा बरामद भएपछि निजलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
