रिलायन्सद्वारा श्रेष्ठ र फुयाल सम्मानित
मकवानपुर । रिलायन्स आवासीय माध्यमिक विद्यालयले संस्थापन प्राचार्य केशवलाल श्रेष्ठलाई सम्मान गरेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) को बागमती प्रदेश अध्यक्षमा निर्वाचित भएका श्रेष्ठलाई आइतबार विद्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।
श्रेष्ठसँगै प्याब्सन बागमतीको प्रदेश सचिवालय सदस्य तथा लेखा समिती संयोजकमा निर्वाचित दिनेश फुयाललाई पनि सम्मान गरिएको विद्यालयका प्राचार्य दिनेश सुबेदीले जानकारी दिए ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितीकी अध्यक्ष रितु श्रेष्ठको सभाध्यक्षता तथा प्याब्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदीको प्रमुख आतिथ्यता भएको हो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका शिक्षा शाखा प्रमुख गंगाधर रिमाल, ज्ञानोदय बालबाटिका मा.वि.का संस्थापक सावन सुबेदी र विद्यालयकी सह–प्राचार्य अनुजा झालगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
