रुकुमपूर्वको जंगलमा एक दर्जन बढी सकेट बम भेटियो

तु खबर संवाददाता
२०७८ फाल्गुन २७, शुक्रबार १०:०४

दाङ । रुकुम पूर्वको एक जंगलमा एक दर्जन बढी सकेट बम भेटिएको छ । जिल्लाको सिस्ने गाउँपालिका–२ बुर्किसल्लाको जंगलमा सकेट बम भेटिएको प्रहरीले जनाएको छ ।

बिहीबार दिउँसो ओढारमा प्लास्टिकको ड्रममा लुकाएर राखिएको अवस्थामा शंकास्पद वस्तु फेला परेपछि स्थानीयले वडा कार्यालयलाई जानकारी गराएका थिए । त्यसपछि वडा कार्यालयले प्रहरीलाई खबर गरेको थियो । उक्त शंकास्पद वस्तु डिस्पोज गर्न नेपाली सेनाको टोली घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ ।