हेटौंडाको एक पसलमा आगलागी
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ मेनरोडको एक हाडवर्यर पसलमा आगलागी भएको छ । गएराति प्रकाश इलेक्ट्रोनिसे एण्ड हाडवर्यस सप्यायर्समा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए ।
प्रहरी निरीक्षक सापकोटाका अनुसार, गएराति अन्दाजी १० बजेको समयमा लागेको आगो स्थानीय, प्रहरी र हेटौंडा उपमहानगरपालिकाको दमकलको सहयोगमा करिब ३ घण्टापछि नियन्त्रणमा आएको थियो । हालसम्म आगलागीको कारण र क्षतीको विवरण भने खुल्न सकेको छैन ।
