संखुवासभामा बस दुर्घटना, १० जनाको मृत्यु
काठमाडौं । संखुवासभामा आज (बिहीबार) बिहान बस दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ । बिहान साढे ७ बजेतिर भएको बस दुर्घटनामा कम्तिमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो । मृतकहरुको सनाखत हुन सकेको छैन । बस सडकबाट अन्दाजी ३०० मिटर तल खसेको छ । उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
