कर्मचारी परिषद्को केन्द्रीय सदस्यमा मकवानपुरका दाहाल

तु खबर संवाददाता
२०७८ फाल्गुन २६, बिहीबार ०९:१३

मकवानपुर । नेपाल विद्यालय कर्मचारी परिषद्को केन्द्रीय सदस्यमा मकवानपुरका बालकृष्ण दाहाल सर्वसम्मत निर्वाचित भएका छन् । मंगलबार र बुधबार लुम्बिनी प्रदेशको राजधानी बुटवलमा सम्पन्न परिषद्को छैठौं महाधिवेशनबाटकेन्द्रीय समिति सदस्यमा दाहाल सर्वसम्मत निर्वाचित भएका हुन् ।

दाहाल हेटौंडा–४ स्थित भुटनदेवी माविका लेखापाल हुन् । महाधिवेशनबाट रुपन्देहीका गंगाराम तिवारीको अध्यक्षतामा ४ वर्षे कार्यकालका लागि ३९ सदस्यीय केन्द्रीय समिति सर्वसम्मत चयन गरेको हो । महाधिवेशनमा २८ जिल्लाबाट ३ सय ५० भन्दा बढी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।