हेटौंडामा राजश्व प्रवर्द्धनको लागि घुम्ती शिविर

तु खबर संवाददाता
२०७८ फाल्गुन २५, बुधबार १८:०१

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ मा आज (बुधबार) राजश्व प्रवर्द्धनका लागि व्यवसाय दर्ता/नविकरण घुम्ती शिविर संचालन गरिएको छ । कार्यक्रम हेटौंडा उपमहानगरपालिकाको आयोजनामा भएको हो ।

उक्त कार्यक्रमको उद्घाटन हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले गरेका हुन् । मेयर महतले राजश्व सम्बन्धी दर्ता तथा नविकरण लगायतका काम वडा स्तरबाट नै गर्नका लागि शिविर संचालन गरेको बताए । उपमहानगरपालिका कार्यालयमै गएर लिनुपर्ने सेवा वडा स्तरमा दिनका लागि वडा–वडामा घुम्ती शिविर संचालन गरेको उनको भनाई छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ बाट सुरु गरेको उक्त शिविर हालसम्म हेटौंडा– ३, १२ र १९ मा संचालन भएको छ । हेटौंडा– ५, ६, ७, ८, १३, १४, १५, १६, १७, १८ र १९ मा भने केही दिन भित्रै उक्त कार्यक्रम संचालन गर्ने कार्यसूची रहेको उपमहानगरपालिका राजश्वशाखाका प्रमुख श्याम श्रेष्ठले जानकारी दिए ।