माओवादीबाट निर्वाचित मेयर र उपमेयर एमालेमा प्रवेश

तु खबर संवाददाता
२०७८ फाल्गुन २५, बुधबार १५:४४
file-photo

मोरङ । मोरङको रंगेली नगरपालिकाका मेयर र उपमेयर नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्रबाट निर्वाचित मेयर दिलिप कुमार अग्रवाल र उपमेयर केशव कुमारी खराललाई एमालेमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार रंगेलीमै आयोजित एक कार्यक्रमबीच पार्टी प्रवेश गराएका हुन् । मेयर र उपमेयरसँगै माओवादीबाट निर्वाचित भएका रंगेली नगरपालिका वडा नम्बर ७ का अध्यक्ष रामचन्द्र मण्डल र वडा नम्बर १ का महेशकुमार खनाल पनि एमालेमा प्रवेश गरेको एमालेका मोरङ अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिए । उनका अनुसार, उनीहरुसहित ४ हजार ७ सय १० जना नेकपामा प्रवेश गरेका छन् ।