एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

तु खबर संवाददाता
२०७८ फाल्गुन २५, बुधबार ०८:३०

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु हुँदैछ । बैठक बबरमहलस्थित कार्की ब्याङुकवेटमा बिहान ११ बजे सुरु हुने समाजवादीका एक नेताले जानकारी दिए ।

उनका अनुसार, दुई दिनसम्म संचालन हुने बैठकमा अध्यक्ष माधवकुमार नेपाले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र भावी कार्ययोजना समेटिएको राजनीतिक प्रतिवेदन पेस गर्ने र सोही प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ । साथै बैठकमा सदनबाट पारित भएको अमेरिकी सहयोग अनुदान मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसिसी) को विषयमा पनि छलफल हुनेछ ।